आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको निधन

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको निधन

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको सोमबार राति नै निधन भएको प्रहरी स्रोतले बताएको छ ।

अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वर चोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बस नम्बर बा ५ ख ४२७४ मा आगलागी भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक आफैँले बसमा आगो लगाएको निष्कर्ष छ । सरकारले उक्त घटनाको छानबिनका लागि एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिलाई घटनाबारे अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend