आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

पशुपती रिन्यूएबल्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, १०.३४ प्रतिशत नगद लाभांश पारित

पशुपती रिन्यूएबल्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, १०.३४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । पशुपती रिन्यूएबल्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको बालुवाटार प्यालेस ब्यांक्वेटमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ। साथै, कम्पनीको आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट चुक्ता पूँजीको करसहित १०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ। साधारणसभामा शेयरधनीहरूको सहभागितामा कम्पनीको वित्तीय अवस्था, आगामी कार्यदिशा तथा विविध विषयमा समेत छलफल भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend