आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

१५३ विश्व कीर्तिमानी व्यक्तित्व डा डीआर उपाध्यायको नयाँ भजन हरे कृष्ण सार्वजनिक

१५३ विश्व कीर्तिमानी व्यक्तित्व डा डीआर उपाध्यायको नयाँ भजन हरे कृष्ण सार्वजनिक

काठमाडौं । १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा डीआर उपाध्याय खनालको नयाँ भजन सार्वजनिक गरिएको छ । डा उपाध्यायकै शब्द तथा स्वरमा तयार भएका ‘हरे कृष्ण’ बोलका भजन आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । आध्यात्मिक भाव, भक्ति र सामाजिक सन्देशलाई केन्द्रमा राखेर तयार गरिएको भजनमा सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ(माष्टरिङ छ ।

खेमनाथ खनालको निर्देशनमा तयार भएको भजनको भिडियोमा रामशरण उप्रेतीको छायांकन छ भने सञ्जय अधिकारीको दृश्य सम्पादन तथा कलर रहेको छ । भिडियोमा डा।उपाध्यायसँगै सुनिता खनाल, तुलसी खड्कालगायतका विभिन्न पारिवारिक व्यक्तित्वहरूको अभिनय रहेको छ ।
साहित्य, गीतसंगीत र सिर्जनाका विभिन्न विधामा निरन्तर सक्रिय रहँदै आउनुभएका डा।उपाध्यायका यसअघि नै तीन दर्जनभन्दा बढी एल्बम श्रोता तथा दर्शकमाझ आइसकेका छन् । ‘प्रणय’, ‘नशालु नजर’, ‘जखम’, ‘प्रतिनाद’, ‘अन्तराप’, ‘सहेली’, ‘जोहो’, ‘माउण्टेन मेलोडी’, ‘परिष्कृत’, ‘कृति’, ‘पृथक’, ‘अन्जान तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’, ‘अनुभूतिको मझेरीमा’, ‘चाहनाको महल’, ‘कर्तव्य बोध’, ‘धरोहर’, ‘हृदयको झंकार’, ‘धर्ती र जीवन’, ‘प्रतिभा’, ‘सपनाको महल’, ‘धड्कन’, ‘आकांक्षा’, ‘अभिभूत’, ‘अभिलाषा’, ‘आवृत’लगायतका एल्बम सार्वजनिक भइसकेका छन् ।

गीतसंगीतसँगै पुस्तक लेखनमा समेत विशेष प्रयोग गर्दै आउनुभएका उपाध्यायका सिर्जनामा विविधता देखिन्छ । उहाँले २ बाई २ इन्च आकारको सबैभन्दा सानो गीतको पुस्तक ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’, व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’, २४ बाई ३६ इन्च आकारको ठूलो गीतको पुस्तक ‘अलौकिक’ तथा एक लाइन अंग्रेजी र एक लाइन नेपालीमा प्रस्तुत गरिएको गीति पुस्तक ‘अपरिमित’ पाठकमाझ ल्याउनुभएको छ ।

उपन्यास विधामा पनि उहाँको सक्रियता उल्लेखनीय छ । उहाँका ‘वज्राघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसूर’, ‘मझधार’, ‘आशक्ति’लगायतका उपन्यास प्रकाशित भइसकेका छन् । केही समयअघि उहाँको कवितासंग्रह ‘अन्तसंस्करण’ समेत पाठकमाझ आएको थियो ।

सिर्जनात्मक कर्मबाट विभिन्न विश्व कीर्तिमान कायम गर्नुभएका डा।उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लण्डन यूकेलगायत विभिन्न संस्थाबाट गरी १५३ वटा विश्व रेकर्डका प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यसैगरी एभरेष्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड तथा ब्रिटिश वर्ल्ड रेकर्डलगायतका संस्थाबाट समेत उनले रेकर्ड प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

उहाँका केही कीर्तिमान सिर्जनात्मक प्रयोगसँग सम्बन्धित छन् । महिला तथा पुरुषले एकअर्काप्रति गर्नुपर्ने माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहारबारे एक(एक लाइनको सामाजिक सन्देश समेटिएको २८८ लाइनको गीत, सांकेतिक भाषाको गीत, तीनवटा सप्तकमा तयार गरिएको गीत तथा सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको नाम समेटेर तयार गरिएको गीतलगायत सिर्जनात्मक काममार्फत उहाँले विश्व कीर्तिमान कायम गर्नुभएको हो । त्यस्तै, १५० भन्दा बढी देशका पर्यटनस्थलका नाम समेटेर गीत तयार गर्ने, १८ अक्षरको सबैभन्दा छोटो गीतसंगीत तयार गर्ने तथा एउटै दिन चारवटा गीत लेखेर रेकर्ड गरी सार्वजनिक गर्नेलगायत कीर्तिमान पनि डा।उपाध्यायको नाममा छन् ।

गीतकारका रूपमा समेत विभिन्न सम्मान प्राप्त गर्नुभएका डा।उपाध्याय ‘हिरो २०१९’ बाट सम्मानित हुनुभएको थियो । गीतकार संघ नेपालको नवौं वार्षिकोत्सवका अवसरमा उहाँलाई ‘वर्ष गीत पुरस्कार’ प्रदान गरिएको थियो । यसैगरी उहाँलाई मुम्बईको प्रतिष्ठित दादा साहेब फाल्के अवार्डबाट समेत सम्मान गरिएको छ ।

डा उपाध्यायका सिर्जनामा विषयगत विविधता पाइन्छ । उहाँका गीतमा प्रेम, माया, रोमान्स र विछोडका विषयमात्रै नभई समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम र सामाजिक चेतनाका विषय पनि समेटिएका छन् । विभिन्न वर्ग, पेशा र समुदायका भावना तथा समस्यालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास उहाँले गर्दै आउनुभएको छ ।

उहाँका सिर्जनामा चाडपर्व, छोरीको बिदाइ, पर्यटन प्रवर्द्धन, योग तथा स्वस्थ जीवनशैली, महिला हिंसा तथा प्रताडना, मजदुर, किसान र भरियाका जीवन -भोगाइलगायतका विषय समेटिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend