आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

संविधान दिवस भव्य रूपमा मनाउन पेसागत महासङ्घ नेपालको निर्देशन

संविधान दिवस भव्य रूपमा मनाउन पेसागत महासङ्घ नेपालको निर्देशन

काठमाडौं । पेसागत महासङ्घ नेपालले १२औँ संविधान दिवस भव्यताका साथ मनाउन आफ्ना सबै तहका समिति, घटक संस्था तथा प्रतिष्ठानहरूलाई अनुरोध गरेको छ। महासङ्घले असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा देशभर विविध रचनात्मक कार्यक्रम आयोजना गर्न आफ्ना ७ वटै प्रदेश समिति, ७७ वटै जिल्ला समिति, २६ वटा घटक संस्था तथा सबै प्रतिष्ठानहरूलाई आग्रह गरेको हो।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले २०८३ असोज १ गते जारी गरेको पत्रमार्फत विगतका वर्षहरूमा झैँ यस वर्ष पनि आ–आफ्नो क्षेत्र तथा तहमा संविधान दिवस मनाउन अनुरोध गरेका छन्। पत्रमा संविधान दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सबै समिति, घटक संस्था तथा प्रतिष्ठानहरूले आवश्यक समन्वय गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

महासङ्घले आयोजना गरिने कार्यक्रमको पूर्वजानकारी केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन दिएको छ। कार्यक्रम सम्पन्न भएपछि मिति, स्थान, कार्यक्रमको प्रकृति, सहभागी संख्या तथा प्रमुख गतिविधिसहितको संक्षिप्त प्रतिवेदन र सम्भव भएसम्म कार्यक्रमका तस्बिरहरू केन्द्रीय कार्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ।

त्यसैगरी, महासङ्घका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा आवश्यक सहयोग र कार्यक्रम कार्यान्वयनका लागि बोधार्थ तथा कार्यार्थ पठाइएको पत्रमा उल्लेख छ। महासङ्घले संविधान दिवसलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सबै तहका समितिहरूबीच समन्वय र समयमै सूचना आदानप्रदानमा जोड दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend