बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बाढीपीडितका लागि जय जनता जागरण कल्याण परिषद्को १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

बाढीपीडितका लागि जय जनता जागरण कल्याण परिषद्को १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी, रसुवा–टिमुरे तथा त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जय जनता जागरण कल्याण परिषद्ले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

परिषद्का अध्यक्ष हरिचरण साहका अनुसार २०८३ साल भदौ १८ गते सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकम बराबरको चेक अर्थमन्त्री मा. डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

बाढी तथा प्राकृतिक विपद्का कारण भोटेकोशी, रसुवा–टिमुरे र त्रिशूली क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको तर्फबाट सहयोग गरिएको अध्यक्ष साहले जानकारी दिए।

अध्यक्ष साहले विपद्को समयमा सहयोगको रकम सानो–ठूलोभन्दा पनि पीडित नागरिकप्रतिको ऐक्यबद्धता र मानवीय भावना महत्वपूर्ण हुने बताए। “सानै भए पनि विपत्तिमा परेका नागरिकका लागि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम हस्तान्तरण गरेका हौँ,” साहले भने।

परिषद्ले विपद्को यस कठिन घडीमा बाढीपीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार, संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend