काठमाडौं । भ्याली ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३४ लाख ४४ हजार ४४४ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भ्याली ग्रुपअन्तर्गतका भ्याली कोल्ड स्टोर, भ्याली पेलेट फिड, भ्याली एग्रो फिड तथा भ्याली एक्सप्रेस सञ्चालन गर्ने भीएफसी रेस्टुरेन्ट प्रालिले संयुक्त रूपमा उक्त रकम संकलन गरी अनलाइनमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन्।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नदी प्रणालीसँग जोडिएका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारको ठूलो क्षति पुग्नुका साथौ स्थानीयवासीको दैनिक जनजीवन समेत अस्तव्यस्त बनेको छ। विपद्बाट प्रभावित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउने र दीर्घकालीन पुनःस्थापनामा सघाउ पुर्याउने हेतुले निजी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भ्याली ग्रुपले सहयोग रकम उपलब्ध गराएको जनाएको छ।
चार दशकभन्दा बढी समयदेखिको व्यावसायिक इतिहास बोकेको भ्याली ग्रुप नेपालको कृषि, पोल्ट्री तथा खाद्य क्षेत्रका स्थापित व्यावसायिक समूहहरूमध्ये एक मानिन्छ।
समूहअन्तर्गत भ्याली कोल्ड स्टोर, भ्याली पेलेट फिड, भ्याली एग्रो फिड, भ्याली पोल्ट्री, मर्स्याङ्दी पोल्ट्री, त्रिशूली पोल्ट्री एन्ड रिसर्च फार्म तथा भ्याली एक्सप्रेससहित विभिन्न कम्पनी तथा व्यवसाय सञ्चालनमा रहेका छन्।
पोल्ट्री व्यवसायको हरेक चरणमा सक्रिय रहँदै भ्याली ग्रुपले पोल्ट्री फिड उत्पादन, ब्रिडर तथा ह्याचरी सञ्चालन, व्यावसायिक पोल्ट्री उत्पादन, कुखुरा प्रशोधन गरिएका चिकेन उत्पादनको उत्पादन र बिक्रीसँगै क्विक सर्भिस रेस्टुरेन्ट व्यवसाय समेत सञ्चालन गर्दै आएको छ।
समूहका फिड उद्योगहरूले ब्रोइलर र लेयरलगायत विभिन्न प्रकारका पोल्ट्रीका लागि गुणस्तरीय दाना उत्पादन गर्दै आएको छ भने ब्रिडर तथा ह्याचरी व्यवसायले एकदिने चल्ला उत्पादन र बजार आपूर्तिमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
त्यसैगरी भ्याली कोल्ड स्टोरमार्फत आधुनिक खाद्य सुरक्षा तथा गुणस्तर मापदण्डअनुरूप चिकेन प्रशोधन गरिएका चिकेन उत्पादनहरू उत्पादन हुँदै आएका छन्। भ्याली एक्सप्रेसमार्फत फ्राइड चिकेन, ग्रिल्ड चिकेनलगायत विभिन्न खाद्य परिकारसहितको रेस्टुरेन्ट सेवा पनि सञ्चालनमा रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend