काठमाडौँ । नेपालीहरूको महान चाड विजयादशमी २०८२ को अवसरमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका महासचिव महेश कुँवरले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
महासचिव कुँवरले व्यवसायी साथीहरू, परिवार, आफन्त, इष्टमित्र, शुभेच्छुक र सम्पूर्ण नेपाली जनताप्रति उत्तरोत्तर प्रगति, सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दिर्घायुको कामना गर्दै मातादुर्गा भवानीले सबैको रक्षा गरून् भन्ने प्रार्थना गरेका छन्।
उनले विजयादशमीलाई आपसी सद्भाव, एकता र पारिवारिक मेलमिलापको पर्वका रूपमा स्मरण गर्दै समाजमा आपसी विश्वास र सहयोगलाई अझ मजबुत बनाउन आग्रह गरेका छन्। देशको समृद्धि र शान्तिका लागि प्रत्येक नेपालीले आफ्नो–आफ्नो ठाउँबाट सकारात्मक योगदान दिनुपर्ने समय आएको छ, कुँवरले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले पनि यो अवसरमा समग्र निर्माण क्षेत्रको विकास, पूर्वाधार सुदृढीकरण र आर्थिक प्रगतिमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। महासंघले चाडपर्वले दिने उत्साहले व्यवसायी समुदायलाई अझ सबल र जिम्मेवार बनाउने विश्वास व्यक्त गरेको छ। यसरी, विजयादशमीको शुभ अवसरमा महासंघले देशभित्र मात्र होइन, विश्वभर छरिएका नेपालीहरूको भावनालाई एकताबद्ध गर्ने प्रयास गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend