काठमाडौं । कालिमाटीस्थित अैंचाे पैंचो बचत तथा ऋण सहकारी संस्थाको ३७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दयाराम प्रजापतिको सभापतित्व तथा पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष प्रजापतिद्वारा प्रस्तुत चालू आ.व. २०८१/०८२ को बार्षिक प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै , साधारणसभामा संस्थाको लेखापरीक्षण प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लाभांश वितरण सम्बन्ध पारित भएका छ्न भने आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, लेखा संयोजक निर्वाचन सम्बन्धलगायत प्रस्तावहरु साधारणसभाले पारित गरेको छ । प्रस्तुत प्रतिबेदन अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी ४ करोड ६१ लाख ५७ हजार ५०० रुपैयाँ हुँदा निक्षेप दायित्व ४३ करोड ३४ लाख ८८ हजार ४५६ रुपैयाँको भएको छ । त्यसैगरी लगानी १४ करोड ४४ लाख ८८ हजार ६०० रुपैयाँ भइ जगेडा कोष ६ करोड ७७ लाख ९४ हजार ६७४ रुपैयाँ रहन गएको छ भने विविध कारोबार गरि चालू आ.व.मा सस्थाले ६० करोड ७२ लाख १३ हजार १० रुपैयाँको कूल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा एसईई परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप प्रति व्यक्ति रु. २,००० बराबरको २० थान शेयर दिइएको जानकारी गराइएको थियो भने ८ प्रतिशत लाभांश वितरण गरिने घोषणासमेत गरिएको थियो । साधारणसभामा सस्थाका अध्यक्ष प्रजापतिले विभिन्न उतारचढाव, संघर्ष, चुनौतीका बावजुद सस्था अगाडि बढिरहेको बताउँदै सस्थालाई अझ सशक्त प्रभावकारी विश्वाशिलो जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रमुख अतिथि क्षेत्रीले यस सहकारीको वित्तीय अवस्था मजबुत रहेको आफुले पाएको बताउँदै देशको वर्तमान आर्थिक अवस्थाबारे प्रकाश पारेका थिए ।