हुँदैन के त्यहाँ हेर जहाँ सरकार मर्दछ
अहङ्कार घमण्डले सर्वाेच्च तल झर्दछ।
सुरक्षा भित्रकाे घेराे प्रहरी शस्त्रका भर
बाह्य र राष्ट्रकाे रक्षा सेना बन्दछ निर्झर ।।
खाली हुन्छ जहाँ रक्षा बेवारिसे बने सब
गुण्डा,खुनी अझै डाँका खुसी मान्दछ गौरव ।
तमासे निरीह बन्दै प्रहरी जब बस्तछन्
निर्दाेष जनता हेर थर्थरी काम्न लाग्दछन् ।।
निर्णायक सबै नेता ओठमा ओठ जोड्दछन्
आततायीहरू अग्ला राष्ट्र गौरव तोड्दछन् ।
स्वार्थसँगै अहङ्कार लाेभकाे कुण्डमा डुबे
देश र जनता बिर्सी परिवार भरी झुमे ।।
नेतृत्व जब बौलायाे निर्णय बन्दी बन्दछ
देश नै भरिने खाल्डाे निर्लज्ज बनी खन्दछ ।
भष्मासुर सँगै राखी पार्टी देश बनाउने
आफैँ हाैँ ठानी यी मूर्ख चुनावमा जिताउने ।।
गरे वार्ता सुने इच्छा विपक्षीहरूकाे पनि
मानी राम्रा कुरा अन्य नराम्रा फाल्न जीवनी।
अनिष्ट हुन्न कैल्यै नि साैहार्द्र काम बन्दछ
मूल बाटाे सधैँ चौडा यस्तै नेतृत्व चुन्दछ ।।
– हरिभक्त सिग्देल ‘ महेश ‘
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend