सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘सहलह: साकोसको सत्रौं साधारणसभा सम्पन्न ; शेयर पूँजी र संचालन आम्दानीमा वृद्धि’

‘सहलह: साकोसको सत्रौं साधारणसभा सम्पन्न ; शेयर पूँजी र संचालन आम्दानीमा वृद्धि’

 

काठमाडौं । गल्कोपाखास्थित सहलह:बचत तथा ऋण सहकारी सस्थाले १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीको प्रमुख आतिथ्य र सस्थाका अध्यक्ष शान्तराज महर्जनको सभापतित्वमा शनिबार ( ४ असोज , २०८२) सम्पन्न सो साधारणसभाले सस्थाको समीक्षा आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन एवं वित्तीय प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ।

त्यस्तै , सो साधारणसभाले संस्थाको लेखापरीक्षण प्रतिवेदन, आ.व. २०८२/०८३ को प्रस्तावित बजेट, लाभांश वितरणको प्रस्ताव पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पनि पारित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ख्यामराज तिवारीले यस सहकारीको संचालन सहकारीको मूल्य र सिद्धान्त बमोजिम नै भएको आफुले पाएको बताए । संस्थाले संचालनबाट प्राप्त मुनाफा सबै किसिमका कोषमा राखेर पनि १५% खुद मुनाफा आर्जन गर्न सफल हुनुले संस्थाको सबल अवस्था देखाउने बताए ।

समीक्षा आर्थिक वर्षमा संस्थाको शेयर पूँजी र संचालन आम्दानीमा वृद्धि भएको छ। शेयर पूँजी रु. १ करोड ७४ लाख ७६ हजार १०० रुपैयाँ , बचत निक्षेप रु. १४ करोड ५६ लाख ४० हजार ७३३ रुपैयाँ , ऋण सापटी रु. १२ करोड ४३ लाख ८५ हजार ६७६ रुपैयाँ रहेको छ। त्यस्तै , संस्थाको कूल कारोबार रु. १७ करोड ५७ लाख ७३ हजार ३३१ रुपैयाँ र खुद मुनाफा रु. २७ लाख ५८ हजार रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend