सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुंगा सडकखण्ड पुनः पहिरोले अवरुद्ध

मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुंगा सडकखण्ड पुनः पहिरोले अवरुद्ध

 

७ असोज,काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको तुइन खोलानजिक खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । केही दिनअघिमात्र लामो प्रयासपछि खुलेको सडक पुनः अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाउने कार्य जारी छ । तर, सवारीचालकले अव्यवस्थित तवरले गाडी रोकेर राखेकाले उपकरण र इन्धन पहिरो साइटसम्म लैजान समस्या भइरहेको भन्दै लेन अनुशासन पालन गर्न आग्रह गरिएको छ ।

तुइन खोलानजिक पहिरो झर्ने क्रम निरन्तर भइरहेकाले यात्रुलाई ठूलो असुविधा भइरहेको छ । काठमाडौं भित्रिने र बाहिरिने यात्रुहरू लामो समयदेखि यातायात अवरुद्ध हुँदा समस्यामा परेका छन् ।

यसैबीच, मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलानजिक पनि पहिरो गएको छ । उक्त स्थानमा समेत दुइतर्फी सडक अवरुद्ध हुँदा यात्रा थप कठिन बनेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend