४ असोज,काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । यस अनुसार हाल कायम रहेका २ कित्ता सेयर बराबर १ कित्ता हकप्रद सेयरमा आवेदन दिन पाइनेछ ।
सभाले संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन गर्दै आगामी दिनमा थप लगानीका लागि स्वीकृति दिने निर्णयसमेत गरेको छ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको छ ।
अध्यक्ष रमेश कुमार न्यौपानेका अनुसार कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । तर, बाढीबाट भएको क्षतिको बीमा रकम प्राप्त नहुँदा लाभांश वितरण गर्न नसकिएको उनले बताए । उनले कम्पनीले हाइड्रो पावरका साथै अन्य क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको जानकारी दिए ।
सभामा सेयरधनीहरूले विभिन्न प्रश्नहरू उठाएका थिए । जवाफ दिँदै अध्यक्ष न्यौपानले कम्पनीलाई अझ परिस्कृत ढंगले अघि बढाइने उल्लेख गर्दै आगामी वर्षदेखि सेयरधनीलाई लाभांश वितरण हुने विश्वास दिलाए ।
कम्पनीका डाइरेक्टर गुरु न्यौपानेले अरूले एउटा आयोजना निर्माण गर्दा अरुण काबेलीले चारवटा आयोजना निर्माण गरेको दाबी गरे । उनले प्रसारण लाइनको समस्याले गर्दा उत्पादन भएको सम्पूर्ण विद्युत बिक्री गर्न नसकिएको गुनासो गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend