१ असोज, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा हुने भनिए पनि देशको वर्तमान परिस्थितिका कारण तालिका परिमार्जन गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। एक मात्र विषयको पूरक परीक्षा दिने विद्यार्थीले यसै दिन परीक्षा दिनुपर्नेछ। त्यस्तै, दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्नेछ।
असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। तर, अनिवार्य अङ्ग्रेजी (००४१) भने उक्त दिन सञ्चालन नहुने स्पष्ट गरिएको छ। बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको र सोही अनुसार परीक्षा सञ्चालन हुने जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend