३१ भदौं, काठमाडौँ । गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप असोज १ गते बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिष) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।” यसअघि सरकारको निर्णयअनुसार आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गरी उनीहरूका परिवारलाई राहत रकम दिने व्यवस्था गरिसकेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend