३१ भदौं,काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’मार्फत नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। यसका लागि बैंकले फोनपे नेटवर्कसँग सहकार्य गरेको छ।
ग्राहकहरूले नजिकैको शाखा कार्यालयमा गएर फारम भरेपछि आफ्नो मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्ड सक्रिय गर्न सक्नेछन्। यस कार्ड प्रयोग गरेर फोनपे नेटवर्कमा उपलब्ध कुनै पनि क्यूआर कोडमार्फत सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।
यस सेवामा न्यूनतम १० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्मको क्रेडिट सीमा रहनेछ। ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट प्रयोग गर्न पाउनेछन् भने १० प्रतिशत वा सम्पूर्ण रकम समयमै तिर्न सक्ने विकल्प उपलब्ध हुनेछ।
भौतिक कार्ड नभए पनि मोबाइल एपमार्फत भर्चुअल कार्ड प्रयोग गर्दा सुरक्षा र सजिलो अनुभव हुने बैंकको विश्वास छ। हाल गरिमा विकास बैंकसँग देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम सेवा सञ्चालनमा छन्। बैंकले डिजिटल बैंकिङ सेवामा निरन्तर नयाँपन ल्याउँदै सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend