३० भदौ, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ।
भदौ २४ गते बबरमहलस्थित विभागमा भएको तोडफोड र आन्दोलनका क्रममा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, कुर्सी लगायत कार्यालय सामग्री तथा कर्मचारीका निजी सवारीसाधनसमेत चोरी भएको विभागले जनाएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै ती सामानबारे कुनै जानकारी भएमा विभागलाई फोनमार्फत वा नजिकको सुरक्षा निकायलाई खबर गरिदिन अनुरोध गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend