सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार

 

२७ भदौं, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार भएको छ।

हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको स्वास्थ्य अवस्था क्रमशः स्थिर बन्दै गएको अस्पतालका चिकित्सकहरूले बताएका छन्। चिकित्सकका अनुसार उनी सामान्य खाना खान र बोल्न सुरु गरिसकेकी छन्। यद्यपि, अझै केही समय आईसीयूमै राखेर उपचार गर्ने योजना बनाइएको छ।

आगजनीका कारण उनका शरीरका विभिन्न भाग जलेका छन्। जलेको भागमा शरीरका अन्य भागको मासु प्रत्यारोपण गर्ने (प्लान्ट) उपचार प्रक्रिया भइरहेको पनि अस्पताल स्रोतले जानकारी दिएको छ।

डल्लुस्थित आफ्नै आवासमा जेनजी आन्दोलनकारीहरूले गरेको आगजनीमा परेर चित्रकार गम्भीर घाइते भएकी थिइन्। उनको भेटघाट हाल बाहिरी व्यक्तिसँग गर्न दिइएको छैन।

जेनजी प्रदर्शनको क्रममा नेता खनालको घरमा भएको आगजनीका कारण परिवारलाई ठूलो आघात पुगेको भए पनि चिकित्सकहरूले चित्रकारको स्वास्थ्य सकारात्मक ढंगले सुधार भइरहेको बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend