२६ भदौं, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पसमा छठ पर्वपछि मात्रै नियमित पठनपाठन सुरु हुने भएको छ। असामान्य परिस्थितिका कारण विश्वविद्यालयले हिउँदे बिदाबाट कटौती गर्ने गरी अस्थायी रुपमा कक्षा स्थगित गरेको हो।
त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार भदौ २९, ३० र ३१ गते, असोज १, २ र ५ गते तथा कात्तिक ९ गतेसम्मको पढाइ बन्द हुनेछ। आगामी कात्तिक १० गते छठ पर्व परेको र सोको भोलिपल्ट अर्थात् कात्तिक ११ गतेदेखि नियमित पठनपाठन सञ्चालन हुने उल्लेख गरिएको छ।
‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदाबाट कटौती गर्ने गरी पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको शैक्षिक गतिविधि प्रभावित भएको छ। कतिपय विद्यालय र कलेजहरूले परीक्षालाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend