सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 नेपाल मदिरा उत्पादक संघमा सर्वसम्मत नेतृत्व चयन

 नेपाल मदिरा उत्पादक संघमा सर्वसम्मत नेतृत्व चयन

 

२२ भदौ, काठमाडौं ।नेपाल मदिरा उत्पादक संघको दशौँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। संघको मिति २०८२ भदौ २१ र २२ गते सम्पन्न साधारण सभामा   अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिवसहित ६ जना सदस्य गरी ११ सदस्यीय पूर्ण कार्यसमिति सर्वसम्मतिले चयन गरिएको घोषणा गरिएको हो।

संघको अध्यक्षमा बैजु प्रसाद बावरा, उपाध्यक्षमा राजेन्द्र धिताल, महासचिवमा राजु गुरुङ, कोषाध्यक्षमा फुल सिंह क्षत्री र सचिवमा अजय प्रजापति निर्वाचित भएका छन्। त्यसैगरी सदस्यमा हरि भण्डारी, किसान धनवत, सन्तोष लामिछाने, किसन साह, आदर्श पन्त र बासुदेव प्रसाई चयन भएका छन्।

साधारण सभालाई सम्बोधन गर्दै नयाँ अध्यक्ष बैजु प्रसाद बावराले संस्थाको हित विपरीत कुनै पनि कार्य नगर्ने दृढ प्रतिवद्धता व्यक्त गरे। उनले नेपाल मदिरा उत्पादक संघलाई अझ सुदृढ बनाउन र यस क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न आफू सक्रिय रूपमा लाग्ने उल्लेख गरे। उनका अनुसार मदिरा उत्पादन व्यवसाय नेपालजस्तो कृषि–आधारित मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

“हाम्रो पेशा देशको अर्थतन्त्रको मेरुदण्ड हो, यो पेशाप्रति हुने ह्रासोन्मुख दृष्टिकोण विरुद्ध म लड्छु,” अध्यक्ष बावराले भने। उनले संघमाथि आइपर्ने चुनौतीहरूलाई सामूहिक रूपमा सामना गर्दै अगाडि बढ्ने प्रतिवद्धता पनि जनाए।

कार्यक्रममा उपस्थित संघका सदस्यहरूले पनि सर्वसम्मत नेतृत्व चयनले संगठनलाई एकढिक्का बनाएर अघि बढ्न टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए। साधारण सभामा विगत वर्षको गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका योजनामाथि समेत विस्तृत छलफल गरिएको थियो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend