सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आन्दोलनलाई सफल बनाउन शिक्षक एकताबद्ध हुनुपर्नेः उपाध्यक्ष शर्मा

आन्दोलनलाई सफल बनाउन शिक्षक एकताबद्ध हुनुपर्नेः उपाध्यक्ष शर्मा

२१  भदौ, ललितपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) द्वारा आयोजित महालक्ष्मी नगरपालिका स्तरीय निजी लगानीमा सञ्चालित संस्थागत विद्यालय भेटघाट तथा छलफल कार्यक्रम  शनिवार सम्पन्न भएको छ। ललितपुर जिल्लाको लुभुस्थित जिनियस आइभी वर्ल्ड स्कुलमा भएको उक्त कार्यक्रममा प्याप्सनका केन्द्रीय उपाध्यक्ष रबिन्स शर्मा प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले हाल चलिरहेको आन्दोलनलाई अझ सशक्त बनाउन सम्पूर्ण शिक्षक, प्रिन्सिपल तथा विद्यालय सञ्चालकहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले यही भदौ २५ र २६ गतेका लागि तय गरिएको आन्दोलनलाई ऐतिहासिक बनाउन सबै तहका शिक्षाकर्मीले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै दृढतापूर्वक अगाडि बढ्न निर्देशन दिनुभयो।

“शिक्षा क्षेत्रका अधिकार र मागलाई अवमूल्यन गर्न सकिँदैन, त्यसैले अबको आन्दोलन शिक्षकको मात्र नभई सम्पूर्ण शिक्षालयको आन्दोलन हो भन्ने सन्देश जनतामा पुर्‍याउनुपर्छ,” उपाध्यक्ष शर्माले भन्नुभयो। उहाँका अनुसार माग पूरा नभएसम्म आन्दोलन चरणबद्ध र व्यापक बन्दै जानेछ।

सो अवसरमा महालक्ष्मी नगरपालिकाभित्रका विभिन्न संस्थागत विद्यालयका प्रिन्सिपल, शिक्षक तथा विद्यालय सञ्चालकहरुको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरुले शिक्षा क्षेत्रलाई मर्यादित गर्न खोज्ने प्रवृत्तिविरुद्ध ऐक्यबद्ध आवाज उठाउनुपर्ने निष्कर्ष निकालेका छन्। कार्यक्रमले आन्दोलनलाई थप मजबुत बनाउन स्थानीय तहमा नेतृत्वदायी भूमिका खेल्ने निर्णयसमेत गरेको आयोजकले जानकारी दिएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend