सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

होस्टल व्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व चयन, हिक्मत बहादुर थापा अध्यक्षमा निर्वाचित

होस्टल व्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व चयन, हिक्मत बहादुर थापा अध्यक्षमा निर्वाचित

२१ भदौं,काठमाडौँ । होस्टल व्यवसायी संघ काठमाडौं जिल्ला कार्यसमितिको विशेष अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । मिति २०८२ भदौं २१ गते प्रमुख निर्वाचन आयुक्त तथा  संस्थाकी केन्द्रीय महासचिव सुनिता बाटाजुको अध्यक्षतामा सम्पन्न अधिवेशनले नौ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूमा अध्यक्ष हिक्मत बहादुर थापा, उपाध्यक्ष  जुनु ढकाल, सचिव ध्रुव प्रसाद कंडेल, सहसचिव डम्बर जोशी, कोषाध्यक्ष कमला भट्टराई पौडेल तथा सदस्यहरूमा रमिता श्रेष्ठ, निरज ढकाल, कमला उप्रेती र टेक बहादुर गुरागाई रहेका छन् ।

 

नव निर्वाचित अध्यक्ष हिक्मत बहादुर थापाले संस्थाको अहित हुने कुनै पनि काम नगर्ने र त्यस्तो प्रयासलाई अन्य कार्यसमितिका सदस्यहरूसमेतबाट रोक्ने दृढ प्रतिबद्धता जनाउनुभयो । उहाँले संस्थामा आउने जस्तोसुकै चुनौतीलाई सामना गर्दै अघि बढ्ने विश्वास दिलाउनुभएको छ । साथै, आफ्नो कार्यकालमा सदस्य संख्या वृद्धि गर्ने र संघलाई अझ सक्षम र प्रभावकारी बनाउने लक्ष्य रहेको बताउनुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त सुनिता बाटाजुले होस्टल व्यवसायीहरूको साझा मञ्चका रूपमा संघलाई सुदृढ बनाउन नव निर्वाचित पदाधिकारीहरू जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विशेष अधिवेशनमा उपस्थित प्रतिनिधिहरूले होस्टल व्यवसायीहरूको हकहित र समस्या समाधानका लागि नयाँ नेतृत्वले ठोस कदम चाल्ने अपेक्षा व्यक्त गरेका छन् । संघको आगामी कार्यक्रमलाई प्रभावकारी बनाउन पनि अधिवेशनले विभिन्न सुझावहरू प्रस्तुत गरेको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend