२१ भदौं, काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्राण्ड लेमिनार टायल्सले ललितपुरमा नयाँ डिलर शोरूम सञ्चालनमा ल्याएको छ। कानदेउतास्थान, कुपण्डोलस्थित ्सेरामिक सन्सार प्राल् िलाई आधिकारिक डिलरको रूपमा नियुक्त गर्दै कम्पनीले शुक्रबार आयोजित विशेष समारोहमार्फत शोरूम उद्घाटन गरेको हो।
उक्त कार्यक्रम सेरामिक सन्सार प्रा।लि।का सञ्चालकद्वय कृष्ण कोइराला र टेक बहादुर टमाटा तथा लेमिनार टायल्सका निर्देशक आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको शोरूम उद्घाटन गरी सम्पन्न भएको थियो।
समारोहमा बोल्दै निर्देशक खेतानले ८लेमिनार भिट्रिफाइड टायल्स८ बलियो र टिकाउ हुनुका साथै यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अन्य टायल्सभन्दा बढी रहेको उल्लेख गरे। साथै उनले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूम स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend