१९ भदौं, काठमाडौं । सद्भाव बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चन्द्र प्रसाद हुमागाईंको सभापतित्व र बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यमा के.एम. व्यांक्वेट कोटेश्वरमा शनिबार ( १४ भदौ , २०८२ ) मा उक्त साधारणसभा सम्पन्न भएको हो। साधारणसभाले संस्थाको समीक्षा आ. व. २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , लेखासुपरीक्षण प्रतिवेदन पनि सभाले पारित गर्यो ।
पाचौं साधारणसभाबाट आगामी ४ वर्षको कार्यकालको लागि पुनः चन्द्र प्रसाद हुमागाईंको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मत निर्वाचित भएको छ। नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षमा भवनाथ हुमागाईं , सचिवमा विदुर हुमागाईं , कोषाध्यक्षमा रामसुन्दर हुमागाईं , सञ्चालक सदस्यहरुमा सिता बजगाईं, पार्वती गौतम सापकोटा , झम्क प्रसाद तिमिल्सिना , राजु हुमागाईं , बालकृष्ण हुमागाईं रहेका छन् । त्यस्तै , लेखा सुपरिवेक्षण समितिमा संयोजकमा गोविन्द प्रसाद हुमागाईं तथा सदस्यमा उमेशराज न्यौपाने र राजन हुमागाईं निर्वाचित भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा शेयर पूँजी रु. १ करोड ८० लाख २ हजार ७ सय रहेको यस सहकारीले आगामी वर्ष सदस्य संख्या वृद्धि गरि शेयर पूँजी रु. १ करोड ९५ लाख कायम गर्ने लक्ष्य लिएको जनाएको छ।
समीक्षा आ. व. मा संस्थाको बचत निक्षेप रु. ८,३६,११,५३०|४४ कर्जा लगानी रु. ७,६२,४१,१८४|५७ रहेको छ। त्यस्तै , संस्थाको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघसहित अन्य सहकारी संघहरुमा रु. २,१०,०००/- लगानी रहेको छ भने जगेडा तथा अन्य कोषमा जम्मा रु. २५,०६,३३२|११ पुगेको छ। संस्थाको खुद नाफा यस वर्ष रु. ९,१६,६८६|३१ रहेको छ। संस्थाको बहुउद्देश्यीय प्रकृति अनुसार साना तथा युवा उद्यमीहरुका लागि सीप अभिवृद्धि तथा व्यवसाय विस्तारको लागी सहुलियत व्याजदरमा ३ लाख सम्मको ऋण उपलब्ध गराउने योजना पनि संस्थाको रहेको छ। साधारणसभाको अवसरमा संस्थाका उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ट बाल बचतकर्ता, ज्येष्ठ नागरिक, उत्कृष्ट उद्यमी, एस.ई.ई सम्मान, उत्कृष्ट कर्मचारी सम्मान समेत गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend