१७ भदौं, काठमाडौं । लोत्से बहुउद्देश्यीय प्रा.लि.ले यातायात विज्ञ श्री होम प्रसाद अधिकारीलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ । स्वदेश तथा विदेशमा यातायात क्षेत्र, सवारी पार्किङ र बसपार्क व्यवस्थापनसम्बन्धी अनुभवका आधारमा उहाँलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
गोङ्गबुस्थित काठमाडौंको एकमात्र केन्द्रीय बसपार्कको योजना, व्यवस्थापन र सञ्चालनमा उहाँले पुर्वदेखि नै प्रत्यक्ष–अप्रत्यक्ष योगदान पुर्याउँदै आउनु भएको भन्दै अध्यक्ष दीपक कुंवरले उहाँको अनुभव र ज्ञान कम्पनीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख सल्लाहकारका रूपमा अधिकारीले बसपार्कको दीर्घकालीन सञ्चालन, व्यवस्थापन र समस्या समाधानका लागि आवश्यक सुझाव र सल्लाह दिने जिम्मेवारी पाउनु भएको कम्पनीले जानकारी गराएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend