सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संस्थागत विद्यालय भोली बन्द हुँदैनः प्याब्सन उपाध्यक्ष शर्मा

संस्थागत विद्यालय भोली बन्द हुँदैनः प्याब्सन उपाध्यक्ष शर्मा

 

१७ भदौं, काठमाडौं । केन्द्रीय प्याब्सनका उपाध्यक्ष रविन्स शर्माले भोली (भदौ १८ गते) संस्थागत विद्यालय बन्द नहुने स्पष्ट पारेका छन् । उपाध्यक्ष शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत विद्यालयहरू सञ्चालन हुने जानकारी दिँदै हल्लामा नफस्न अभिभावक, विद्यार्थी र विद्यालय समुदायलाई आग्रह गरेका छन् । उनले आफ्नो पोस्टमार्फत संस्थागत विद्यालय बन्द हुनेबारे फैलिएका समाचार र अफवाह निराधार भएको उल्लेख गर्दै नियमित पठनपाठन यथावत् रहने बताएका छन् ।

शर्माले भनेका छन्, संस्थागत विद्यालय भोली बन्द हुदैन । विद्यार्थीलाई पठनपाठनमा अवरोध पुर्‍याउने कुनै निर्णय गरिएको छैन । यसअघि विद्यालय बन्द गर्नेबारे केही भ्रम सिर्जना भएको भन्दै उनले त्यसलाई अस्वीकार गरेका छन् । प्याब्सनले पनि शिक्षण–अधिगम क्रियाकलाप निरन्तरता दिने अठोट दोहोर्‍याएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend