सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित

नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित

 

१६ भदौं, काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघको ३० औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट दिवान चन्द नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालक समेत रहेका चन्दले आइतबार सम्पन्न निर्वाचनमा ३३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी उग्रचण्डी ग्यासका सञ्चालक कृष्ण भक्त श्रेष्ठले १७ मत मात्रै पाए ।

संघमा रहेका ५७ सदस्य उद्योगमध्ये ५० मतदाताले मात्र मतदानमा सहभागिता जनाएका थिए । अध्यक्ष बाहेकका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू भने सर्वसम्मत रूपमा चयन भएका छन् ।

१४ सदस्यीय नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा बाबा ग्यास प्रालिका सुरेन्द्रराज पौडेल, उपाध्यक्षमा गृहलक्ष्मी ग्यास प्रालिका धर्मराज बर्तौला र कावसनस इन्डट्रिजका आषिश अग्रवाल (जाजोदिया) निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा चण्डेश्वरी ग्यास कम्पनी प्रालिका अमित अग्रवाल, कोषाध्यक्षमा श्रीराम ग्यास उद्योग प्रालिका आयुष नेपाल, सचिवमा प्रिमा ग्यास उद्योग प्रालिका सुदिप घिमिरे निर्वाचित भएका छन् । सदस्यमा भेरी ग्यास उद्योग प्रालिका सुनिल सिन्हा, सहारा ग्यास उद्योग प्रालिका लोकहर्ष शाक्य, लुम्बिनी ग्यास उद्योग प्रालिका बिमल कालाखेती, सिताश्री ग्यास उद्योग प्रालिका राजेन्द्रप्रसाद दंगाल, नोवेल ग्यास उद्योग प्रालिका विमला सुवेदी ढुङ्गाना र पञ्चमहालक्ष्मी इन्डष्ट्रिजका मनिष कुमार जोशी चयन भएका छन् ।

संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले नवनिर्वाचित पदाधिकारीलाई पदभार हस्तान्तरण तथा पदस्थापना कार्यक्रम काठमाडौँमा गर्ने जानकारी दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend