सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रुपन्देही–३ उपचुनावमा रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाउने

रुपन्देही–३ उपचुनावमा रास्वपाले डा लेखजंग थापालाई उम्मेदवार बनाउने

 

१६ भदौं,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को आगामी उपचुनावमा डा लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवार चयन प्रक्रियामा आवेदन दिएका नौ जनामध्ये प्रारम्भिक मतदानमार्फत थापालाई उम्मेदवार तोकिएको रास्वपाले जनाएको छ।

डा। थापा यसअघि नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध रहनुभएको थियो। २०७९ सालको प्रदेशसभा निर्वाचनमा उहाँ खस आर्यतर्फ लुम्बिनी प्रदेशको समानुपातिक सूचीमा समावेश हुनुभएको थियो। रुपन्देही–३ मा उपचुनाव हुने भएपछि थापाले नागरिक उन्मुक्तिबाट राजीनामा दिएर रास्वपातर्फ प्रवेश गर्नुभएको हो।

रुपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव हुँदैछ। निर्वाचन आयोगले तोकेको मितिअनुसार उम्मेदवार मनोनयन, प्रचार–प्रसार तथा मतदानको तयारी अघि बढिरहेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend