सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मेयर रेनुको चरित्र हत्या गर्ने एक जना पक्राऊ, दर्जन भन्दा बढी प्रहरीको निगरानीमा

मेयर रेनुको चरित्र हत्या गर्ने एक जना पक्राऊ, दर्जन भन्दा बढी प्रहरीको निगरानीमा

चितवन असोज १३ । नेपालमा सामाजिक संजाल चलाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । इन्टरनेटको कारण मानिसको जिवन धेरै समय यसैमा बित्ने गरेको पाईन्छ । सामाजिक संजाल बिना मानिसको जिवन अधँुरो जस्तै हुन्छ । सामाजिक संजाल चलाउन सरलीकरण भए संगै समाजमा धेरै खाले विकृत्ती पनि बढदै जान थालेका छन् ।

सामाजिक संजालमा तथ्य विना अरुलाई लागी गलौच देखी देख्न नसकिने खालका तस्बिर पोष्ट गरेको पाईन्छ । यसै बिच पछिल्लो समय भरतपुर महानगरपालिका मेयर रेनु दाहालका बारेमा गालीगलौज गरेको घटना चर्चामा छ । उनी माथि गालीगलौज गरी सामाजिक सञ्जालमा लेख्ने एकजना पक्राउ परेका छन् ।

चितवन जिल्लाका प्रहरी प्रमुख दान बहादुर मल्लले दिएको जानकारी अनुसार, मेयर रेनुको चरित्र हत्या गर्ने किसिमका विद्युतीय सामग्री प्रकाशन र प्रसारण गरेको आरोपमा पूर्वी चितवनका ३० वर्षीय पशुपति श्रेष्ठ पक्राउ परेका हुन ।

शनिवारका दिन ज्ञानेन्द्र शाहीको कार्यक्रम स्थानीयवासीले बिथोलेपछि मेयर रेनुविरुद्द कतिपय व्यक्तिले उच्छृंखल, अपाच्य र अश्लीलता प्रदर्शन हुने भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमा सामग्री प्रकाशन तथा प्रसारण गरेपछि प्रहरीले सक्रियता बढाएको हो ।

एसपी मल्लका अनुसार, मेयरविरुद्ध तथानाम लेख्ने एक दर्जन व्यक्तिविरुद्द जाहेरी परेको छ भने कतिपय व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ ।

मेयर रेनु विदेशमा रहेको बेला नेपालमा उनीविरुद्ध तथानाम पोष्ट गरेपछि प्रहरीले कार्वाही गर्ने बताएको केही घण्टामा नै केही व्यक्ति पक्राउ परेका हुन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend