काठमाडौं असोज ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अव पार्टीले चिलको उडान भर्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले झण्डै केही समय कुखरासँग लुटपुटिए बताउँदै तर अब चिलको उडान भर्ने उनले दाबी गरेका छन् ।
उनले पार्टी एकता प्रक्रिया हात्ती छिरेसरह भइसकेको, पुच्छर मात्र अड्किएको अवस्थामा रहेको सुनाए । नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय बस्दा क्षति भएको स्वीकार गरे । १५ महिनामा लगाएर भएपनि पार्टी टुंगिएको भन्दै उनले कुखुरा र चिलको प्रसंग सुनाए ।
उनले भने, ‘लेनिनले रोजाको सन्दर्भमा भनेको कुरा मलाई याद आउँछ । चिल पनि कहिलेकाहीँ कुखुराजस्तो गरेर जमिनमा आएर खोस्रिन्छ । तर कुखुरा कहिल्यै चिल जस्तो आकाशमा उडान भर्न सक्दैन ।
कम्युनिस्टहरु चिल हुन, उड्न थालेपछि त्यो आकासको त्यो उचाईमा पुग्छ, जहाँ अरु पुग्न सक्दैननन् ।’प्रतिक्रियावादीले दयाले नभई नेतृत्वले असाधारण पहलकदमी र आफ्नै पौरखले यो ठाउँमा आइपुगेको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend