मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नौबिसे–नागढुंगामा जामका कारण बिरामीको बाटोमै मृत्यु

नौबिसे–नागढुंगामा जामका कारण बिरामीको बाटोमै मृत्यु

आश्विन १०, धादिङ । नौबिसे–नागढुंगा सडक मर्मत पछि सवारी जामले बिरामीको बाटोमै मृत्यु हुने संख्या बढदै गएको छ । सवारीमा जामकै कारण सर्वसाधारण यात्रूले हैरानी खेप्नु परेको छ ।

सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको मृत्यु भएको छ । रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्ग्स्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएका छन् ।

बिरामी ना ७ ख ५३६४ नम्बरको गाडीमा चढेरका थिए । शुक्रबार बिहान २ बजेबाट जाम सुरु भएको थियो। आफन्तका अनुसार मृतक साह मृगौलाका बिरामी थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend