सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्वप्रधानमन्त्री नेपाल र अमेरिकी राजदूत डब्यू बेरी बिच भेटवार्ता

पूर्वप्रधानमन्त्री नेपाल र अमेरिकी राजदूत डब्यू बेरी बिच भेटवार्ता

काठमाडौं असोज १०,। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकी राजदूत ‘यान्डी डब्यू बेरीले भेटवार्ता गरेकी छन् ।

पूर्व प्रधानमन्त्री तथा पार्टीका एवं विदेश विभाग प्रमुख नेपालको निजी निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिका सम्बन्धको इतिहास स्मरण गरिनुका साथै पछिल्ला घटनाक्रमका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

उनीहरूबीच नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावना तथा २ देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

बिहीवारको भेटवार्ताले २ देशबीचको कूटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने नेता नेपालको सचिवालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend