सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पोस्टरमा गाईको तस्वीर राख्ने दोषीलाई कडा कारबाही गर्न राप्रपाको माग

पोस्टरमा गाईको तस्वीर राख्ने दोषीलाई कडा कारबाही गर्न राप्रपाको माग

काठमाडौं असोज, ७ । नेपालमा बेला बेलामा बिभिन्न बिषयले चर्चा पाउने गर्छ । सामाजिक संजाल चलाउने प्रयोगकर्ताको संख्या बढे संगै सकारात्मक वा नकारात्मक कुराको प्रतिक्रिया उतिखेर नै आउने गर्छ । यस्तै पशु सेवा विभागले स्वच्छ मासुबारे जनचेतना जगाउन जारी गरेको पोस्टरमा गाईको तस्वीर पछि यो बिषय अहिले चर्चा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वच्छ मासुबारे जनचेतना जगाउन पोस्टरमा गाईको तस्वीर राखको बिषयमा गम्भिर आपत्ति जनाएको छ । दशैं लक्षित प्रचार सामाग्रीमा हिन्दुहरुको आस्था एवं गाईको तस्वीर संलग्न गरिनु दुर्भाग्यपूर्ण भएको उक्त पार्टीले जनाएको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी धार्मिक आस्थाजस्तो संवेदनशील विषयमा त्रुटि हुनु सामान्य विषयमात्र हुन नसक्ने उनको भनाई छ । अविलम्ब छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसंग राप्रपा माग गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend