काठमाण्डौ ७ असोज । नेपालमा दिनप्रतिदिन पत्थरी रोगीहरुको संङ्ख्या बढीरहको छ । पत्थरीका रोगी बढे पत्थरीको अप्रेशन गर्ने क्रम पनि निकै बढ्दो छ । छिटो निको हुने नाममा गरिने यस्तो अप्रेशनले ज्यान जोखिममा त पार्छ नै लामो समय सम्म यसको असर शरिरमा देखिने गर्दछ । कतिपयले त पत्थरीकै अप्रेशन गर्दा चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाउन समेत बाध्य भइरहेका छन् ।
केही दिन पहिले मात्रै ओम अस्पतालमा मृगौलाको उपचारमा गराउन अएकी महिलाले मृत्युबरण गर्नपुगिन् । ति केही प्रतिनिधी घटना मात्रै हुन् । विना अप्रेसन सहज रुपैमै उपचार गर्न सकिने मृगौला रोगकै कारण ज्यान गुमाउनुलाई सुखःद पक्ष मान्न सकिन्न । मेडीकल क्षेत्रमा बढेको व्यपारीकरणरले पनि मानिसहरु मृत्युको मुखका पुग्ने गरेको यथार्थ हाम्रो सामु छ ।
यस्तो अवस्थामा विना अप्रेशन त्यो पनि न्युन शुल्कमा पत्थरीको उपचार गरेर बैद्य गणेश बहादुर राउतले विगत लामो समय देखी धेरैको ज्यान र सम्पति जोगाइदिएका छन् ।तर न त उनलाई राज्यले चिन्न सक्यो न त हामीले नै यसको महत्व बुझ्न सक्यौँ । यसै सन्दर्भमा विना अप्रेशन पत्थरीको उपचार गर्न सकिन्छ भने बारेमा गरिएको कुराकानी समावेश छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=CfvMQ5b-M3E
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend