सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगार व्यवसायीहरुका समस्या समाधान गर्न सरकार तयार—उपप्रधानमन्त्री पोखरेल

वैदेशिक रोजगार व्यवसायीहरुका समस्या समाधान गर्न सरकार तयार—उपप्रधानमन्त्री पोखरेल

काठमाडौ, असोज ७ गते । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगार व्यवसायीहरुलार्ई समस्या समाधानका उपायसहित आउन आग्रह गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको राजधानीमा २७ औं वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगार क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको समेत बताए ।

वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवाला निकायहरु संग छलफल अहिलेको आबश्यकता रहेको बताए ।

वैदेशिक रोजगारीको प्रभाव र परिणाम अत्यन्त ज्यादा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले रोजगारीले नेपालको अर्थतन्त्र, सामाजिक, सांस्कृतिक तथा व्यक्तिको जीवनमा पारेको प्रभावका बारेमा छलफल गर्न आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend