मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

टिकट बुकिङमा भद्रगोल, यसबर्ष पनि यात्रुहरुलाई सास्ती

टिकट बुकिङमा भद्रगोल, यसबर्ष पनि यात्रुहरुलाई सास्ती

काठमाडौं । दसैं मनाउन आफनो जन्म घर जानको लागी टिकट किन्न गएका यात्रुहरुले यसपाली पजि सास्ती खेप्न बाध्य भएका छन् । दसैंका लागि आइतबारदेखि टिकट बुकिङ खुला गरे पनि यात्रुहरुले सास्ती भोग्नु गरेको छ । काठमाडौंबाट अन्य समयमा दैनिक १३ देखि १५ सय सार्वजनिक सवारीसाधन बाहिरिन्छन् ।

ती सवारी साधनले करिब ३० देखि ४० हजार यात्रुलाई सेवा दिने क्षमता राख्छन् । तर, घटस्थापनादेखि र फूलपातीसम्म दैनिक एकदेखि डेढ लाख र त्यसपछि साढे दुई लाख यात्रु काठमाडौंबाट बाहिरिन्छन् । निजी सवारीसाधन प्रयोगकर्ता थोरै छन् ।टिकट बुकिङ भए पनि यात्रुले बुकिङमा सवारीसाधनको नम्बर पाएका छैनन् ।

व्यवसायीले यात्रुसँग डिलक्स र सुपर डिलक्स भनेर यातायात व्यवस्था विभागले तोकेभन्दा २० देखि ४० प्रतिशत बढी भाडा लिएका छन् । घटस्थापनादेखि फूलपातीसम्मका लागि करिब ७० प्रतिशत टिकट बुकिङ हुने व्यवसायीको अनुमान छ । सीमित सिट संख्या देखाउँदै व्यवसायीले केही दिनमै बुकिङ बन्द गर्न खोजको जस्तो देखिँदा यात्रु मार्कामा परेका छन् ।

टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन् । गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाएनन् । टिकट बिहान ६ बजेदेखि वितरण सुरु गरिएको थियो ।

बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए । कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन । टिकट लिन महिला, पुरुष, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकाको छुट्टाछुट्टै लाइन नराख्दा समस्या आएको हो ।

सवारी साधनको स्तरअनुसार डिलक्स, सुपर डिलक्स, साधारण वर्गीकरण नगरिँदा पनि यात्रु अलमलमा परेका हुन् । दसैं मनाउन उपत्यकाबाट करिब ३० लाख यात्रु गाउँ फर्कने अनुमान छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend