बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जेल जान परे तयार छौ तर शुन्य लागतमा काम गर्न सकिदैन अध्यक्षका उम्मेदवार पोखरेल

जेल जान परे तयार छौ तर शुन्य लागतमा काम गर्न सकिदैन अध्यक्षका उम्मेदवार पोखरेल

काठमाडौं असोज ६ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षका उम्मेदवार सरोज कुमार पोखरेलले शुन्य लागतमा व्यवसायीहरुले काम गर्न नसक्ने बताएका छन् । पोखरेलले धुम्वाराहीमा भएको व्यवसायीको चुनावी भेला कार्यक्रमलाई सम्बोधन गदै सरकारले लागु गरेको फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन कुनै किसिमबाट पनि नसकिने स्पष्ट पारे ।

अध्यक्षका उम्मेदवार पोखरेलले अन्तराष्टिय मापदण्ड अनुसार सेवा शुल्क लागु गर्न समेत सरकारलाई आग्रह गरे । सरकार एकलौटी तरिकाले व्यवसायीहरुमाथि फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्ने नाममा व्यवसायीहरुलाई घाटि निमुठने काम गरेको भन्दै उनले बरु जेल जान व्यवसायीहरु तयार भएको भन्दै तर फ्रि भिसा फ्रि टिकटमा काम गर्न नसकिने उनको भनाई छ ।

उनले वैदेशिक रोजगार बिभागले गनुगमनको नाममा छापामार शैलीबाट व्यवसायीहरुको अपिसमा छापा मार्ने काम गरेको भन्दै यस्तो गतिबिधि रोक्न समेत चेतावनी दिए । उनले यो निर्वाचनमा आफनो टिमलाई विजय गराए अहिले देखीएका बिभिन्न समस्या नितीगत रुपमा समाधान गर्न लागि पर्ने प्रतिबद्घता व्यक्त गरे ।

संघका प्रथम उपाध्यक्षका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्री, द्घितीय उपाध्यक्षका उम्मेदवार मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्ष उम्मेदवार अख्तर हुसेन, महासचिवका उम्मेदवार रामचन्द्र गिरी, सचिवका उम्मेदवार सन्जु गुरुङ, कोषाध्यक्षका उम्मेदवार तेजमाया लिम्बू लगायत सदस्यका उम्मेदवारहरुले आफनो टिमलाई भारी मतले बिजय गराउन व्यवसायीहरुलाई आग्रह गरे ।

यही ७ गते हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे निर्वाचनको प्रचार प्रसार तिब्र हुर्दै गएको छ । निर्वाचनका लागि प्रगतिशील समूह र लोकतान्त्रिक समुहबाट उम्मेदवारी घोषणा भए संगै चुनावी माहोल तातेको हो ।

निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका व्यवसायीले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन । काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको चुनावी मैदामा छन् भने संघको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले चुनावी मैदानमा छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend