सुनसरी असोज, ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अहिले यो परिवर्तन र प्रणाली खतरामा आयो भन्ने सत्य नभए पनि अराजक गतिविधि बढेको भने सत्य रहेको बताएका छन् ।
थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहन जरुरी रहेको समेत बताए ।
‘अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको समेत खुलासा गरे ।
उनले भ्रष्टाचारविरुद्ध सरकार र पार्टी अगाडि बढिरहको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको पनि बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend