मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

दसैंको टिकट बुकिङ खुला, यसपाली अनलाइनबाट पनि बुकिङ गर्न सकिने

दसैंको टिकट बुकिङ खुला, यसपाली अनलाइनबाट पनि बुकिङ गर्न सकिने

काठमाडौँ । दसैंका लागि आज आइतबार बाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको छ । अघिपछि पनि शंका लागेको गाडीको कन्डिसन चेकजाँच गरेर मात्र गन्तव्यमा पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

‘शंका लागेको गाडीको पहिलोपटक हामीले आकस्मिक प्राविधिक परीक्षण सुरु गरेका छौं,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘यात्रु बोकेर गाडी टाढाटाढासम्म लग्नुपर्ने हुन्छ, यस्तो अवस्थामा कन्डिसनको गाडी भएन भने यात्रुले समस्या झेल्नुपर्ने हुन्छ, त्यही भएर प्राविधिक पक्ष चेक–जाँच गरेर पठाउनेछौं ।’

उनका अनुसार असोज १० गतेबाट सुरु गर्ने भनिएको नागरिक सहायता कक्ष टिकट बुकिङसँगै सुरु हुने भएको छ । बसपार्कमा भने शनिबारबाटै उक्त कक्षको सुरुवात गरिएको महानिर्देशक हमालले जानकारी दिए । ‘नागरिक सहायता कक्ष बसपार्कबाट सुरु भए पनि जहाँजहाँ टिकट काउन्टर छ, त्यहाँ राख्नेछौं,’ उनले भने, ‘यस्ता ठाउँमा ठूलो संख्यामा सादा पोसाकका प्रहरी परिचालन हुनेछन, कसैले गडबड गरे कारबाही गर्नेछौं ।’

उनका अनुसार दसैंका लागि यात्रु बसको समस्या छैन । केही नयाँ बससमेत थपिएका छन् । ‘यात्रु बस पुग्दो छ, चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘यात्रुलाई ठगिन नदिन चाडबाडभरि दैनिक अनुगमन गर्नेछौं ।’ अहिले ठाउँठाउँमा सडक बिग्रिएर समस्या भएको छ । ती ठाउँमा मर्मत जारी राखिएको सडक विभागले जनाएको छ ।

उनका अनुसार टिकट बुकिङ गौशाला, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगालगायत स्थानमा रहनेछ । जहाँ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी, उपभोक्ता समाजका प्रतिनिधि रहनेछन् । टिकट काट्ने क्रममा यात्रुलाई अप्ठ्यारो परेमा तत्काल नागरिक सहायता कक्षले समाधान गर्नेछ ।

व्यवसायीले भाडा बढाएर लिन पाउने छैनन । अहिले जति भाडादर छ । त्यही दरमा यात्रुले गन्तव्यसम्म पुग्न पाउनेछन् । सवारी साधनको भाडा दर यात्रुले थाहा पाउने गरी व्यवसायीले गाडीमा टाँस्नुपर्नेछ । महानिर्देशक हालका अनुसार केही कम्पनीहरूले अनलाइनमार्फत पनि टिकट काट्ने व्यवस्था गरेका छन । जसले गर्दा लाइन बस्नुपर्ने झन्झटबाट यात्रुले छुटकारा पाउनेछन ।

केही यात्रुले भने बुकिङ खुला हुनुअघि टिकट बुक गरिसकेका छन् । टिकट काउन्टरमा यात्रुको भीड लाग्न सुरु भइसकेको छ ।सहायता कक्षमा यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी पनि हुने भएकाले उनीहरूलाई व्यवसायीबाट कुनै गल्ती भेटिए तत्कालै अधिकतम जरिवाना गर्नेसम्मको अधिकार दिइएको छ ।

यातायात व्यवसायीका अनुसार दसैंमा १८ देखि २० लाखसम्म यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन ।यात्रुले पहिलाजस्तो अहिले लाइन लागेरै टिकट काट्नुपर्ने अवस्था छैन । विभिन्न अनलाइनमार्फत घरमै बसेर टिकट बुकिङ गर्न सक्ने छन । अनलाइनमा गाडी भाडादर ठाउँअनुसार राखिएको छ

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend