काठमाडौ ५ असोज । यही ७ गते हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे निर्वाचनको प्रचार प्रसार तिब्र हुर्दै गएको छ । निर्वाचनका लागि प्रगतिशील समूह र लोकतान्त्रिक समुहबाट उम्मेदवारी घोषणा भए संगै चुनावी माहोल तातेको हो । निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका व्यवसायीले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन।

काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको चुनावी मैदामा छन् । अध्यक्षका उम्मेदवार गैरेको समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा गरिएको छ ।
यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेल रहेका छन ।

अध्यक्षका प्रत्याशी गैरेले व्यवसायलाई मर्या्िदत, व्यवस्थित र नियमित गर्ने तथा पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहित र सुरक्षामा ध्यान दिने उदघोष गरेका छन । उनले श्रम सम्झौता नभएका मुलुकसँग तत्काल सम्झौताका लागि नेपाल सरकारसँग पहल गर्ने र नयाँ तथा आकर्षक गन्तव्य मुलुकको पहिचान गरी श्रम सम्झौता गरेरमात्र कामदार पठाउने व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ ।संघको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले चुनावी मैदानमा उत्रिएका छन ।

पोखरेल को समूहको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) रहेका छन् ।
सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादव रहेका छन् । संघको नेतृत्व हातपार्न दुबै समूह दौडधुपमा रहेका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend