काठमाडौं, २ असोज । मेनपावर व्यवसायीहरुको निर्वाचनको मिति नजिँकिदै गर्दा उम्मेदवार छान्न सुरु भएको छ । निर्वाचन आउँन एक हप्तामात्र बाँकी रहेको अवस्था नेकपाको शुभेच्छुक संस्था प्रगतीशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले वैदेशिक रोजगार व्यवसायी सघको यही असोज ७ गते हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि आफ्ना उम्मेदवारहरु घोषणा सार्बजनिक गरेको छ ।
अध्यक्षमा सरोज पोखरेल,प्रथम उपाध्यक्षमा हरी बहादुर पाण्डे क्षेत्री, महासचिवमा रामचन्द्र गिरी (आर सि गिरी),सदस्यहरुमा सोम लामा,बाबुराम खड्का,सरिता घले,ओम न्यौपानेको नाम सार्वजनिक गरेको हो ।
यसै गरी नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले पनि आफना उम्मेदवारको नाम छान्न बिभिन्न छलफललाई तिब्रता दिएको छ । यही ७ गते हुने निर्वाचनमा नेकपा निकट व्यवसायी र फोरम निकट व्यवसायी बिच कडा प्रतिस्पर्धा हुने पक्का भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend