काठमाडौं ,असोज १ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका छन् । सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अब नबहकिइ विकास र समृद्धिमा सवै लाग्नु पर्नेमा जोड दिए ।
प्रधानमन्त्री आ्ेलीले राजनीतिक आन्दोलन सकिएको स्मरण गराउर्दै, अबको बाटो विकास र समृद्धिको भएको समेत बताए । नेपालमा समृद्धिको बाधक भ्रष्टाचार भएको भन्दै उनले भष्टचारीको विरोधमा जानुपर्नेमा जोड दिए ।
बर्तमान सरकार भ्रष्टाचारप्रति शून्य सहनशीलता लिएर अघि बढ्न खोजेको समेत बताए । लोकतन्त्र र गणतन्त्रमाथि खतरा आयो भने सरकार चुप लागेर बस्न सरकार नसकने उनको भनाई छ ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले भने,पछिल्लो समय गणतन्त्रमाथि खतरा भएको हल्ला चलाइएको बताउँदै त्यस्तो भएमा सरकार चुप लागेर नबस्ने दाबी गरे । केही मान्छेहरू देशलाई प्रतिगमनमा फर्काउन सकिन्छ कि भनेर लागेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend