मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

समाजलाई नै विभाजनतिर लैजाने गतिविधि रोक्न जरुरी— मन्त्री भट्टराई

समाजलाई नै विभाजनतिर लैजाने गतिविधि रोक्न जरुरी— मन्त्री भट्टराई

काठमाडौं ३१, भाद्र । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभाको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले अराजकता र उछृङ्खल गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने बताए ।

अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ,’ उनले भने, ‘त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’ मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend