बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मौसममा खराबी देखिएपछि ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

मौसममा खराबी देखिएपछि ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

काभ्रे ३१, भाद्र । मौसममा खराबी देखिएपछि लुक्लाबाट काठमाडौंका लागि उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरेको समाचार प्राप्त भएको छ ।

पाँचखाल नगरपालिकाको हर्षे र जोरपाटीमा मनाङ एयरका २, सिम्रिक र कैलाश एयरका १ र १ हेलिकप्टर अवतरण गरिएको हो । मनाङ र सिम्रिक एयरका हेलिकप्टरमा चालक दलसहित ६र ६ जना र कैलाशको हेलिकप्टरमा ३ जना सवार थिए ।

धान खेतमा अवतरण गरिएका हेलिकप्टरका यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ । हिजो देखी काठमाडौ लगायत देशका बिभिन्न भागमा पानी परे संगै मौसममा खराबी देखिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend