बिष्णुप्रसाद शर्मा —
काठमाडौ ३१ भदौं । सरकारले जनचाहनाअनुरूप कुनै पनि काम गर्न सकेको छैन । यो नै दुखद कुरा हो । नागरिकलाई सरकारको विरोध गर्न बाध्य पारेको छ । सरकारको आलोचना गर्नेलाई शत्रु ठान्छ । आज मुलुक हरेक क्षेत्रमा असफल छ । आशा भरोसा गर्ने कुनै ठाउँ नै छैन । भारतीय नाकाबन्दीपछि केपी ओलीले चीनसँग गरेको पारवहन सन्धिकै कारण बामगठवन्धनले बहुमत पाएको हो ।
बहुमतको सरकार हुँदा पनि यो सरकारले केहि गर्न सकेन । सवै नेपाली जनताले उसलाई बहुमतमा पुयाउने कसरत गरेकै हुन तर यो सरकार सवै जनताको हुन नसकि कम्युनिष्टहरुको मात्र हुन पुगेको छ ।
सत्ताधारी सरकार अलमलमा छ । के गर्ने के नगर्ने ? कुनै मेलो मेसो पाएको छैन । के यसरी देश चल्छ ? सबै कानुन अपूरा र विवादित छन । देशमा धेरै उद्योग बन्द हुँदै गएका छन् । युवाहरु बेरोजगार छन । काम नपाएर सडक सडक रन्थनिदै हिडिरहेका छन । कयौं युवा युवती बिदेश पलायन छन । देशको यो हालत छ । देशमा शान्ति सुरक्षा छैन ।
दिउसै लुटपात हुन्छ । नागरिकले सुरक्षाको अनुभूति गर्न समेत पाएका छैनन् । नागरिक आफ्नै घरभित्रै पनि शान्तिसँग निदाउन सकेका छैनन् ।
नागरिक शान्तिसुरक्षा र बेरोजगारबाट आत्तिएका छन । सरकारले आधारभूत सुरक्षा र सामान्य जीवनयापन गर्ने वातावरण समेत बनाउन सकेको छैन ।
सरकारले व्यापार बढाउने कुरा गरेर अझै थाकेको छैन तर निरन्तर व्यापार घाटा बढ्दै गएको छ । यसले छिट्टै मुलुक असफल राष्ट्र हुने संकेत दिँदैछ । जनता उपचार गर्न नसकेर मरिरहेका छन् । सर्वसाधरण जनताका छोरा छोरीहरुले राम्रो स्कुल , कलेजमा पढन सकिरहेका छैनन् । किन भने शिक्षा महँगो छ । देशका उर्जाशिल युवालाई बिदेसिन बाध्य पारिएको छ ।
श्रमशक्ति नभएकै कारण गाउँतिर खेतबारी बाँझो छन ।नेतृत्व खुबीको अभावले मुलुक असफलताको दिशा तर्फ गइरहेको छ । देशमा काटमार, लुट, अपहरण, हडताल–बन्द, फिरौती, डर–धाक–त्रासादि फैलाउने काम मात्र भएको छ ।यो सरकार दुई तिहाइको भएकाले देशमा अग्रगामी विकासको छलाङ लगाउने अवसर पाएको छ, तर केही पनि गर्न सकेको छैन ।
दुई तिहाइको दुरूपयोग मात्र गरेको छ । मुलुक तलतल गिर्दै गएको छ, असफल र विपन्न हुने अवस्थामा छ । यो बिषयमा सोच्नु पर्ने बेला आएको छ । अव देश भक्तहरु एकजुट हुनु पर्ने आबश्यकता देखिएको छ । देशको माया हुनेहरु एक ठाउँमा उभिनु पर्ने अवस्था देखिएको छ । यो देशको चिन्ता सवै नेपालीहरुले गर्नु पर्छ ।
नेताहरुको भ्रममा परेर जनताहरु अलमलमा छन । अव अलमल गर्नु हुदैन । सचेत नागरिकहरु गोलवद्द भएर देश जोगाउँन लाग्नु पर्छ । यो नै अहिलेको आबश्यकता हो ।दलका नेताहरु आलिसान भवनमा बसेका छन् । विदेशमा उपचार गराएका छन् । ऐस गरेका छन् । जनताको अवस्था नाजुक छ । जनताले बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् ।मुलुकको अवस्था कंगाल भएको छ । दलहरुको कारणले देश असफल हुने हो की भन्र्ने चिन्ता छ ।अव हामी सवै गम्भिर बनौं ।
शर्मा , नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक हुनुहुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend