सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आजदेखि राजधानीमा विद्युतिय बस सञ्चालनमा पहिलो चरणमा चक्रपथ रुटमा चल्ने

आजदेखि राजधानीमा विद्युतिय बस सञ्चालनमा पहिलो चरणमा चक्रपथ रुटमा चल्ने

२३भाद्र, लामो समयको चर्चा र पर्खाइ पछि सोमबार बाट राजधानीमा औपचारीक रुपमा विद्युतीय बस सेवको सुभारम्भ भएको छ । निजी क्षेत्रको लगानीमा सुन्दर यातायात प्रालिले काठमाडौंका विभिन्न पाँचवटा रुटमा बिजुली बस सञ्चालन गर्ने बताए पनि पहिलो चरणमा चक्रपथ परिक्रमको रुटमा बसले सेवा दिने जनाएको छ ।
दोस्रो चरणमा दोस्रो रुटमा नारायणथान–जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशाला–चावहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस सञ्चालन हुनेछन्।

सुन्दर यातातातले सञ्चालनमा ल्याएका बस सिटे र ३५ सिटे रेहेका छन् । ४० सिटे बसमा अरू ३० जना यात्रुले र ३५ सिटे बसमा अरू २५ यात्रुले उभिएर पनि सहज रुपले यात्रा गर्न सक्ने बताइएको छ ।

यस्ता छन् सुुविधा

बसमा सीसी क्यामेरा, जीपीएस ट्रयाकिङ, एयरकन्डिसनको सुविधा पनि छ। त्यस्तै उभिने यात्रुका लागि समात्ने ह्याङ्गर नरम र लचकदार छन्। साथै फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यात्रुले बसमा यात्रा गर्दा अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टबाटै भाडा तिर्न सक्नेछन्। मोबइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ। यस अँघि विद्युतीय यातायतको रुपमा ट्रली सञ्चालनमा रहेको भएपनि नेपालमा चरण लोडसेडीङ हुन थालेपछि ट्रली बस बन्द भएको थियो । अहिले फेरी नीजि क्षेत्रको प्रयासमा विद्युतीय बस सञ्चालमा आएपछि उपत्यकाबासीहरुले पुनः एक पटक विद्युतीय बस चढ्न पाउने भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend