बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नयाँ ट्राफिक प्रहरी प्रमुख भन्छन् उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँछौ

नयाँ ट्राफिक प्रहरी प्रमुख भन्छन् उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँछौ

काठमाडौैं, २३ भदौ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइने भएको छ । केही दिन अघिँ महाशाखामा सरुवा भएर आएका ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आफ्ना योजनाहरु सार्वजनिक गर्न ओयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा ट्राफिक समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने बताइएको हो ।

महाशाख प्रमुख ढकालले भने “सरोकारवाला निकायसँग सहकार्य गर्दै व्यवहारमा विनम्रता, कानून कार्यान्वयनमा कडाइ गरिनेछ”, ट्राफिक नियमको पालना गर्नु सबै नागरिकको दायित्व भएको भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।महाशाखा प्रमुख ढकालले चाँडो नै उपत्यकाका हरेक चोकमा ट्राफिक बत्ती जडान गरिने बताए।

विगतमा भएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी नयाँ कार्यक्रमलाई महाशाखाले अगाडि सार्ने उनको भनाइ थियो । उपत्यकाको ट्राफिक व्यवस्थापनका क्रममा देखिएको पार्किङ अभाव, ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति, साना पुराना र बढी धुवाँ फाल्ने सवारी साधनलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर समस्याको समाधान गरिने महाशाखा प्रमुख ढकालले बताए ।

काठमाडौँ उपत्यकाको दुई हजार १४ किलोमिटर सडकमा दैनिक झण्डै १० लाख सवारी साधन ओहोरदोहोर गर्ने गदर्छन् भने एक ट्राफिक प्रहरीले ९०० सवारी साधनको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend