मंगलबार, कार्तिक ११ २०८३

मंगलबार, कार्तिक ११ २०८३

कुरा मात्रै धेरै भए समृद्धि ल्याउने योजना केही भएन !

कुरा मात्रै धेरै भए समृद्धि ल्याउने योजना केही भएन !

बिष्णुप्रसाद शर्मा । 

बर्तमान सरकारले द्रुत गतिका साथ विकास निर्माणका काम गर्न सकिरहेको छैन । यसमा जनता सन्तुष्ट हुने अवस्था छैन । कुरा मात्र बढि भए मुलुकमा समृद्धि ल्याउने योजनाहरू केहि छैनन् । नागरिकलाई सपना मात्र बाँडिएको छ । ब्यवहारमा कुनै उपलव्धि हासिल गर्न सरकारले सकिरहेको छैन ।

सत्ता स्वार्थ, लोभ, अहं, अकर्मण्यता, अक्षमता, अनुभवहीनता र सत्तारुढ दलको अन्तर्कलहका कारण सरकारले जनअपेक्षा र आफ्नै घोषणापत्रमा बाचा गरेका कुनै पनि काम गर्न सकेको छैन। सरकार गठन भएको डेढ वर्ष भन्दा बढि भइसक्यो । तर पनि यो अवधि भित्र जनताको मन छुने खालको कुनै काम सरकारले गर्न सकेन । सरकार प्रति जनता निराश र असन्तुष्ट भइसकेका छन् ।

अव जनतालाई आशा जगाउने काम गर्नु पर्छ । यदि जनतामा आशा जगाउने काम सरकारले गर्न सकेन भने यो सरकार अझै असफल हुदै जान्छ । यो बारे बुझन जरुरी छ ।दलीय ब्यवस्थाले राजालाई फल्यो । राजा हुँदाको अवस्था र आजको अवस्थामा धेरै तल माथि भइसकेको छ । मन्त्री परिषदका सदस्यहरुले जथाभावी बोल्ने र बोलेका कुरा पुरा गर्न नसक्ने दल र सरकार बीचमै अन्तरद्दन्द बढिरहेको छ ।

यो अवस्थाले गर्दा राजतन्त्र र दलीय ब्यवस्थामा के नै फरक देखियो त ? सर्वसाधरण जनताको घरमा चुलो बल्न सकेको छैन । महंगीले आकाश चुम्दै छ । सर्वसाधरण नागरिकको अवस्था नाजुक छ । महंगीले जनता बाँच्न नसक्ने अवस्थामा छन । ब्यवस्था फेरियो तर जनताको अवस्था फेरीन सकेको छैन । लोकतन्त्रको नाममा लुटतन्त्र चलेको छ । यसरी देश बन्दैन ।

यो देशको हालत देखेर हामीलाई चिन्ता लागेको छ ।यस्तो किन भइरहेको छ ? विकासका काम पटक्कै हुन सकेका छैनन् । समृद्धितर्फको यात्रा भनेर मात्र हुदैन । काम गरेर देखाउनु पर्छ । प्रतिपक्षी दल कांग्रेसले सरकारलाई सशक्त दबाब दिनुपथ्र्यो। दिन सकेन । कांग्रेस कमजोर र निरीह बनेको छ ।

नागरिकले सरकारको गलत काम कारबाही, सुस्तता र भ्रष्टाचार को बारेमा आलोचना गर्नु पर्छ । यो जनताको अधिकारको कुरा हो । विकास गर्न र समृद्धि ल्याउनका लागि आवश्यक कठोर कदम लिनु पर्ने हुन्छ । राजनीतिक दल र तिनका नेताहरुमा देश बनाउने भिजन र आँट नै छैन ।
यदि भिजन र आँट हुन्थ्यो भने मुलुकले केहि गति लिन सक्थ्यो । मुलुक झन पछि पदै छ । कुरा विकास र समृद्धिको गर्ने साना साना काम पनि गर्न नसक्ने यो सरकारबाट अव के आश गर्ने ?

सरकारलाई नागरिकले त्यसै गाली गरेका छैनन् । लोकप्रिय हुन त जनताको मन जित्नु पर्छ । सरकार जनताको नजरमा अलोकप्रिय हुदै छ । किन भने हिजो बाचा गरेका कुरा आज सरकारले पुरा गर्न सकेको छैन । देशमा भष्टाचार बढ्दो छ ।देशमा सुशासन कायम हुन सकिरहेको छैन । भ्रष्टाचार वा कुशासनले जनतालाई दुःखमात्र दिंँदैन, विकास निर्माणलाई दुष्प्रभावित गर्छ र समृद्धिलाई टाढा धकेल्छ। भ्रष्टाचार र कुशासन आज पहिलेको तुलनामा एउटा पनि घटेको छैन। यो नै चिन्ताको बिषय हो ।

संघीयता लगायतका कारणले देशभर सरकारै सरकार बनेका छन्। प्रशासकीय खर्च धान्नै मुस्किल छ । विकासमा लगानी गर्न चाहिने राष्ट्रिय बचत झनै घट्दो छ। ठूलठूला पूर्वाधारमा लगानी गर्न चाहिने ठूलो पुँजी निर्माण निजी क्षेत्रमा पनि छैन। सडक, रेल, ऊर्जा आदि भौतिक पूर्वाधारहरूमा लगानी गर्न विदेशी लगानीकर्ता नै चाहिने स्थिति छ।

उता शिक्षा, स्वास्थ्य, पिउनेपानी जस्ता मानवीय पूर्वाधार र अत्यावश्यक सेवामा पनि लगानी गर्नुछ । सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्किदो छ । यो पाराले देश बनाउन सकिदैन ।उत्पादन र निर्यातका लागि तुलनात्मक लाभका क्षेत्रहरूलाई प्रबद्र्धन, प्रोत्साहन गर्नुपर्छ। त्यसो भयो भने देशले प्रगति गर्न सक्छ ।

समृद्धि ल्याउन तद्नुरूपका आर्थिक नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ । उत्पादन तथा उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्नेखालका वित्तीय, मौद्रिक र क्षेत्रगत (सेक्टोरल) नीतिहरू बनाइ लागु गर्नुपर्छ ।

शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend