काठमाडौँ, २१ भदौ । साल्ट टेडिङ कर्पोरेशनले आफनो ५७ औं वार्षिक उत्सवको अवसरमा बृहत रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको छ ।
साल्ट टेडिङ कर्पोरेशनले सामाजिक उतरदायित्व अन्तरगत बिगतका बर्षमा जस्तै यस बर्ष पनि रक्तदान लगायत बिभिन्न रोगको स्वास्थ्य परिक्षण निशुल्क आयोजना गरेको साल्ट्र टेडिङ कर्पोरेशनका बिभागीय प्रमुख ब्रजेश कुमार झाले जानकारी दिनु भयो ।

कार्यक्रम साल्ट टेडिङ कर्पोरेशन, नमो हारती बचत तथा ऋण सहकारी संस्था, रोटरी कल्व अफ काठमाडौं तथा एफ एच एफ ग्रुपको सहकार्यमा आयोजना गरिएको हो ।

स्वास्थ्य परिक्षण शिविरमा सयौको संख्यामा स्वास्थ्य परिक्षण गराउन आउनेको संख्या रहेको आयोजकको भनाई छ । स्वास्थ्य शिविरमा दाँत, कान, नसा हाड जोर्नी, सुगर प्रेसर लगायत बिभिन्न रोगको निशुल्क परिक्षण गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend