काठमाण्डौं, भदौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रमा प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताएका छन् ।
काठमाडौंमा सुरु भएको ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल–टानको ४१ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकमा आर्थिक रुपान्तरणको यात्रालाई अघि बढाउन सकिने भएकाले सोही अनुसारको नीति र कानुन निर्माण गरेर अघि बढ्न सरकारलाई सुझाव दिए ।
उनले राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्र मिलेर मुलुकको आर्थिक विकासमा लाग्न आग्रह गरे । ्अध्यक्ष दाहालले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताए ।
कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको बदनाम हुने काम नगर्न र पर्यटन बर्ष सबै मिलेर सफल पार्न आग्रह गरे ।
ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल टान अध्यक्ष नवराज दाहालले सरकारले पर्यटन व्यवसायलाई विशेष प्राथमितामा राख्न आग्रह गर्दै ट्रेकिङमा भएका समस्यालाई सरकार र व्यवसायी मिलेर नीति नियम बनाएर सामाधान गर्नुपर्ने बताए। साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend