सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनीले गर्यो पत्रकार, कलाकारलाई सम्मान

लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनीले गर्यो पत्रकार, कलाकारलाई सम्मान

दिपक भुसाल
काठमाडौं २० भदौ ।
लायन्स क्लब अफ काठमाडौ सेन्टर लुम्बिनीको आयोजनामा अर्घाखाँची तिज विशेष कार्यक्रमको अवसरमा पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको छ ।कार्यक्रम  काठमाडौंको वाल्मीकि कलेज बागबजार मा सम्पन्न भएको हो  ।

कार्यक्रम को प्रमुख अथिति जोन चेर प्रसन पशुपति भुसाल रहेका थिए भने कार्यक्रम को सभापतित्व सेन्टर लुम्बिनी का अध्यक्ष शिव देव पाण्डे ले गरेका थिए भने कार्यक्रम को सन्चालन पत्रकार दिपक भुसाल गरेका थिए ।

साथै कार्यक्रम को अवसर पारेर अर्घाखाँची बाट काठमाडौं आइ पत्रकारिता र कलाकारिता क्षेत्र बाट जिल्लामा उत्कृष्ट योगदान पुराएको भन्दै केही पत्रकार कलाका लाई सम्मान गरिएको थियो ।

सम्मानित हुने कलाकारहरुमा लोकदोहोरी गायक मोतिराज खनाल , मोडल कृष्ण सापकोटा सापकोटा, लोकगायक सुन्दर आचार्य ,लोकगायक खुमराज घिमिरे,गायक चिरन्जिबी रहेका छन् ।

पत्रकारहरुमा मुकुन्द गैरे, मुकुन्द भुसाल ,दिपक भुसाल लगायत लाई प्रमुख अतिथि भुसाल र अध्यक्ष पाण्डे ले अबिर खादाले सम्मान गरेका गरे । कार्यक्रममा समाज सेवी सचिन पाण्डे र सुवास ज्ञवाली र संस्कृतबिद्घ लक्ष्मण रायमाझी लाई पनि सम्मान गरिएको गरियो ।कार्यक्रममा जिल्ला वासी लगाएत छिमेकी जिल्ला गुल्मी ,पाल्पा ,कपिलवस्तु ,रुपन्देही बाट राम्रो उपस्थिति रहेको थियोे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend